Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ओली सरकार ढालेर अर्को जनमुखी सरकार बन्ने अवस्था छैन : खनाल

ओली सरकार ढालेर अर्को जनमुखी सरकार बन्ने अवस्था छैन : खनाल

मोरङ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार ढालेर अर्को जनमुखी सरकार निर्माण हुने अवस्था नरहेको बताएका छन् ।विराटनगरमा आज बिहान सञ्चारकर्मीसँग एवं पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने–‘वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ ।’

आफ्नो पार्टीका तर्फबाट ल्याइएका नीति तथा कार्यक्रम देश र जनताका पक्षमा रहेको उनको जिकिर थियो ।नेता खनालले दिगो विकाससहित समृद्धिको दिशामा मुलुकलाई लैजानका लागि आधुनिक कृषि प्रणाली र उद्योग क्षेत्रलाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट