कैलाली: परराष्ट्रमन्त्री आरजु राणा देउवाले लागुपदार्थको कुलतबाट युवावर्गलाई जोगाउनुपर्नेमा जोड दिनुभएको छ ।“लागुऔषध त्यागौँ, स्वस्थ र सुखी जीवनतर्फ लागौँ” भन्ने नाराका साथ नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर कार्यसमितिले आयोजना गरेको “लागुऔषध दुर्व्यसन विरुद्धको बृहत् पैदल यात्रा” को शुभारम्भ गर्दै समाजका अगुवाले युवावर्गलाई सत्मार्गमा हिँड्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
लागुऔषध दुर्व्यसनको समस्या विश्वव्यापी भएको चर्चा गर्दै घरपरिवारले आफ्ना सन्तानको निरन्तर निगरानी गरेमा समस्या केही हदसम्म भए पनि रोकिनसक्ने विचार उहाँले व्यक्त गर्नुभयो । अभिभावकीय भूमिकाबाट चुक्न नहुनेमा परराष्ट्रमन्त्रीको जोड थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij