Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

राष्ट्रिय सभाबाट पानीजहाज विधेयक पारित

राष्ट्रिय सभाबाट पानीजहाज विधेयक पारित

काठमाडौँ : संघीय संसद अन्तर्गत राष्ट्रिय सभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ पारित भएको छ । विधेयक पारित भएसँगै समुद्रहरूमा नेपाली ध्वजावाहक पानी जहाज सञ्चालनको ढोका खुल्ने भएको छ । यस्तै नेपालभित्रका नदी तथा जलाशयहरूमा सञ्चालन हुने जलयान तथा पानी जहाजहरू नियमन र व्यवस्थापनका लागि समेत कानुनी आधार तयार हुने छ ।

आइतबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको मन्त्री दाहालले जवाफ दिएपछि ‘विधेयक माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ पेस गरिएको थियो । प्रस्ताव माथि कसैले पनि असहमति नजनाए पछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सर्वसम्मत पारित भएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट