Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

आगलागीपछि खानेपानी मन्त्रीले बनाए अस्थायी कार्यकक्ष

आगलागीपछि खानेपानी मन्त्रीले बनाए अस्थायी कार्यकक्ष

काठमाडौँ : खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो नयाँ कार्यकक्ष बनाएर कामकाज सुरु गरेका छन् । सिंहदरवारस्थित मन्त्रालयको चौथो तलामा रहेको मन्त्रीको कार्यकक्षमा शनिवार आगलागी हुँदा क्षति भएको थियो ।

आज सोही भवनको तेस्रो तलाको कोठा नम्बर ४०७ मा आफ्नो अस्थायी कार्यकक्ष बनाएर कामकाज सुरु गरिएको हो । शनिवार भएको दुःखदायी घटनापछि देश र जनतालाई दैनिक सेवा प्रवाह गर्नका लागि आजदेखि मन्त्रालयको तेस्रो तलाको कोठा नम्बर ४०७ बाट नयाँ कार्यकक्ष अ–स्थायी रूपमा स्थापना गरी नियमित सेवा कार्य प्रारम्भ गरेको मन्त्री यादवले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट