Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सिंहदरबारमा सभामुखसहित प्रमुख दलका सचेतकहरू छलफलमा‚ संसद् बैठक सञ्चालनमा ढिलाइ

सिंहदरबारमा सभामुखसहित प्रमुख दलका सचेतकहरू छलफलमा‚ संसद् बैठक सञ्चालनमा ढिलाइ

काठमाडौँ : सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्नमा ढिलाइ भएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । सभामुख देवराज घिमिरेको सचिवालयले दिएको जानकारी अनुसार सभामुख सहित ५ दलका प्रमुख सचेतकहरू छलफलमा छन् । उक्त छलफल सकिएपश्चात् प्रतिनिधिसभा बैठक सुरु हुनेछ ।

‘विधायन सम्बन्धमा बनेको विधेयकमाथि देखिएको समस्यालाई कुन माध्यमबाट समाधान गर्ने भनेर छलफल बसेको हो र बल्ल सकियो‚’ सचिवालयले भन्यो‚ ‘केही बेरमा बैठक सुरु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट