Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रधानमन्त्री ओली: अपराधीहरूले प्रहरीलाई नटेर्ने प्रवृत्ति बढ्दो

प्रधानमन्त्री ओली: अपराधीहरूले प्रहरीलाई नटेर्ने प्रवृत्ति बढ्दो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हाल अपराधीहरूले नेपाल प्रहरीलाई समेत नटेर्ने प्रवृत्ति देखाएको बताएका छन्। शनिबार नेपाल पुलिस क्लब परिसरमा नवनिर्मित ‘द ब्लु पेभिलियन’ भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पहिले प्रहरीसँग आँखा जुधाउन नसक्ने अपराधीहरू अहिले निर्लज्ज रूपमा हिँड्ने गरेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले सुन तस्करीको उदाहरण दिँदै भने, “सुन तस्करले भेट्यो भने पुलिसलाई हप्काइदिन्छ। ‘ओए… किन हेरेको?’ भनेर। झोलाभरि सुन हुन्छ तर, ‘किन हेर्‍या?’ भन्छ। उल्टै हप्काउँछ।”

उनले वर्तमान समयमा भलाद्मी, सोझासाझा व्यक्तिहरूलाई समेत अपराधीहरूले धम्क्याउने गरेको संकेत गर्दै भने, “हामी जस्ता भलाद्मी, सोझा-सिधा, इमान्दारलाई ‘किन हेरेको छ हँ?’ भनेपछि के हो के हो? ‘को हो म चिन्या छ हँ?’ भनेपछि झन् के हो के हो? यस्तो खालको जमाना छ।” साथै , प्रधानमन्त्री ओलीले यस्ता प्रवृत्तिविरुद्ध निष्पक्षता र स्वतन्त्रताका साथ कठोर भएर प्रस्तुत हुन नेपाल प्रहरीलाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट