काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई सम्मान गरेका छन् । शनिबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा निर्माण भएको ‘द ब्लु पेभिलियन’ भवनको उद्घाटन कार्यक्रममा थापालाई प्रधानमन्त्री ओलीले प्रशंसासहित सम्मान गरेका हुन् ।
नेपाल पुलिस क्लबको ‘द ब्लु पेभिलियन’ निर्माण सम्पन्न गर्ने तत्कालीन उपत्यका प्रहरी प्रमुख एआईजी थापा प्रशंसापत्रसहित सम्मानित भएका हुन् । थापाले उपत्यका प्रहरी प्रमुख रहँदा नेपाल पुलिस क्लबलाई अन्तर्राष्ट्रिय स्तरको क्लब तथा कार्यक्रम स्थलका रूपमा विकास गर्न भूमिका खेलेका थिए।
त्यस्तै डीआइजीको कार्यकालमा प्रशासन प्रमुख रहँदा समेत उनको भूमिका उल्लेख्य रहेको थियो । एआईजी थापा अहिले सीआइबी प्रमुख छन् । उनी प्रहरी संगठनमा अब्बल र इमान्दार प्रहरी अधिकृतको रुपमा परिचित छन् ।थापासँगै प्रा.डा. द्वय शंकर थापा, धनश्याम भट्टराई र प्रहरी वरिष्ठ उपरीक्षक इन्जिनियर रामकुमार चौधरी लगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij