Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

केपी ओली कम्युनिष्ट नेता होइन, नवसामन्त हुन् : भीम रावल

केपी ओली कम्युनिष्ट नेता होइन, नवसामन्त हुन् : भीम रावल

कैलाली : नेकपा एमालेबाट निष्कासित पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट नेता नभएको टिप्पणी गरेका छन् ।शनिबार धनगढीमा आयोजित कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेलामा यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री समेत रहेका ओलीलाई नवसामन्त भएको आरोप बताए ।

उनले भने, ‘उहाँ यूटुव खोल्नु हुन्छ । ‘केपी बा’ । सबैले त्यसलाई अगाडी बढाऔँ भन्नु हुन्छ । कम्युनिष्ट पार्टीको नेता यदि सबैले मलाई ‘बा’ भन्नु पर्छ भन्दै यूटुव खोल्छ भने त्यो कम्युनिष्ट नेता हुन सक्दैन । त्यो नवसामन्त मात्रै हुन सक्दछ ।’

एमाले अहिले सिद्धान्तबाट च्युत भएको उनको जिकिर छ । उनले सत्ताका लागि ओलीले कम्युनिष्ट पार्टीको सिद्धान्त, नीति, कार्यक्रमलाई समाप्त गरेको दाबी गरे । ओलीले एमालेलाई बामालेमा मात्रै परिणत गरेको उनको आरोप छ ।

साथै उनले वर्तमान सरकारले पत्रकारलाई समेत लेख्न र बोल्ने अधिकारबाट वञ्चित गर्न खोजेको बताए । नेपालको अस्तित्व र स्वाधीनताका लागि एकजुट भएर अगाडी बढ्नु पर्ने दिन आउन सक्ने भन्दै सबैलाई तयार हुन उनले आग्रह गरे ।यसैगरी हाल मातृभूमि जागरण अभियान, नेपाल नामक अभियान सञ्चालन गरेको बताउँदै उनले यो पार्टीको नाम नभएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट