काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको आधार कृषि बन्न सक्ने बताएका छन् ।अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुुन् । उनले समाजवाद निर्माणको मुख्य आधार कृषि भएको बताए ।कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष प्रचण्डले भने, ‘आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र विकासको मूल आधार कृषि उत्पादनमा वृद्धि र कृषिमा आधारित औद्योगिकरणको नीति अवलम्बन हो । र, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार पार्ने आधारभूत तह स्थानीय सरकार हो ।’
प्रचण्डले कृषिमा जोड दिँदा मात्रै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासको आधार पनि बन्न सक्ने बताए ।अध्यक्ष प्रचण्डले निजीकरण र उदारीकरणका नाममा दलाल, नोकरशाही, पुँजीपति र बिचौलियाले राष्ट्रिय अर्थतन्त्रको विकासलाई तहसनहस बनाएको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij