Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रविको हालत पनि केजरीवालको जस्तै हुने महेश बस्नेतको दाबी

रविको हालत पनि केजरीवालको जस्तै हुने महेश बस्नेतको दाबी

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले दिल्लीको विधानसभा निर्वाचनको नतिजालाई लिएर टिप्पणी गरेका छन्।दिल्लीको विधानसभा निर्वाचनमा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल पराजित भएपछि बस्नेतले सामाजिक संञ्जालमा टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा केजरीवाल र रास्वपा सभापति रवि लामिछानेको तस्बिर सेयर गर्दै पपुलिष्ट व्यक्ति र पार्टीको हार निश्चित रहेको बताए ।रविको हालत पनि केजरीवालको जस्तै हुने बस्नेतको दाबी छ ।

नेता बस्नेतले लेखेका छन्, ‘इन्डियामा लामो समयदेखि पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको छ। नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउदै गरेका ब्यक्ती र पार्टी हराउने कुरा निश्चितै छ। केजरीवालको उदय भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा नेपालमा रवि लामिछानेको उदय सहकारी ठगीको मुद्दा र विलय उस्तै उस्तै हुनेछ। बालेन्द्र हर्केको कुरै नगरौँ।’

उनले भारतमा लामो समयदेखि पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको बताउँदै नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउँदै गरेका व्‍यक्ति र पार्टी हराउने कुरा निश्चितै भएको बताए।केजरीवालको उदय भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा नेपालमा रवि लामिछानेको उदय सहकारी ठगीको मुद्दा र विलय उस्तै उस्तै हुने बस्नेतले टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट