Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रधानमन्त्री बन्नकै लागि केपी ओलीले दुनियाँलाई ठगे : माधव नेपाल

प्रधानमन्त्री बन्नकै लागि केपी ओलीले दुनियाँलाई ठगे : माधव नेपाल

काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री बन्नकै लागि केपी शर्मा ओलीले दुनियाँलाई ठगेको आरोप लगाएका छन् ।काठमाडौंमा पार्टीको उपत्यका प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीमाथि उक्त आरोप लगाएका हुन् ।

अध्यक्ष नेपालले केपी ओलीले आफू प्रधानमन्त्री बन्नकै लागि रातारात सरकार बदलेको बताउँदै अहिले त्यो कुरा पुष्टि भएको बताए ।अध्यक्ष नेपालले केपी ओलीले प्रधानमन्त्री बन्नकै लागि संविधान संशोधनको कुरा गरेर ठगेको बताए ।

संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर सरकार परिवर्तन गरेको बताउने प्रधानमन्त्रीले अहिले ०८७ मा संविधान संशोधन हुन्छ भन्नु नै त्यसको प्रमाण भएको बताए ।उनले अहिले संविधान संशोधनको विषय ०८७ को विषय बन्न पुगेको बताउँदै ०८४ र ०८७ बीचको अवधिमा प्रधानमन्त्री को बन्ने हो भन्दै अर्को प्रश्न पनि गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट