Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रास्वपाका जिल्ला उपसभापति जेल गएपछि बस्नेतको प्रश्न – चितवनका लालपुर्जा नौटंकीवला कता गएछन् ?

रास्वपाका जिल्ला उपसभापति जेल गएपछि बस्नेतको प्रश्न – चितवनका लालपुर्जा नौटंकीवला कता गएछन् ?

काठमाडौं : नेकपा एमाले नेता महेश बस्नेतले रास्वपाका नेता र कार्यकर्तामा विभेद भएको टिप्पणी गरेका छन् ।रास्वपा हुम्ला जिल्ला उपसभापति महानन्द जैसी १ लाख तिर्न नसक्दा कारागार चलान भएको नेता बस्नेतले शुक्रबार राति सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।रास्वपा सभापति रवि लामिछानेले २ करोड ७९ लाख धरौटी तिरेर रिहा हुँदा दिनेश त्रिपाठीलाई कुटपिट गर्ने तीन जनामध्ये जैसी १ लाख तिर्न नसक्दा कारागार चलान भएको उनले बताए ।

उनले भने, ‘रवि लामिछाने २ करोड ७९ लाख धरौटी तिरेर रिहा हुँदा दिनेश त्रिपाठीलाई कुटपिट गर्ने तीनजना मध्य उनकै पार्टीका हुम्ला जिल्ला उपसभापति महानन्द जैसी १ लाख तिर्न नसक्दा कारागार चलान भएछन् । नेता र कार्यकर्तामा विभेद किन ? प्रभु बैंक कता गएछ ? चितवनका लालपुर्जा नौटंकीवला कता गएछन् ?’बिहीबार सकिएको थुनछेक बहसपछि चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँमा छाड्न आदेश दिएको थियो ।

प्रभु बैंक ग्यारेन्टी बसिदिएपछि उनी रिहा भएका थिए । साथै उनका समर्थक घरजग्गाको लालपुर्जा र खाली चेक बोकेर सडकमा आएका थिए । तर जिल्ला उपसभापति जरिवाना तिर्न नसक्दा जेल चलान भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट