Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

मोडल हन्टको उपाधिमा ५० मोडलबीच प्रतिस्पर्धा

मोडल हन्टको उपाधिमा ५० मोडलबीच प्रतिस्पर्धा

काठमाडौं : ‘जोय मोडल हन्ट नेपाल २०२५’को अन्तिम प्रतिस्पर्धा हुन लागेको छ ।शनिबार काठमाडौंको दरबारमार्गमा होटल याक एण्ड यतीमा आयोजना हुने प्रतिस्पर्धा ५० प्रतियोगी उपाधिका लागि भिड्न लागेका छन् ।

प्रतियोगिताको अन्तिम तयारी सकिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले बताए । प्रतियोगितामा पुरुषतर्फका उपाधिका लागि १७ प्रतियोगी रहेका छन् । महिलातर्फको उपाधिका लागि ३३ प्रतियोगी रहेका छन् । सबै प्रतियोगी छनौट चरणको विभिन्न प्रतियोगिता पार गर्दै फाइलनमा पुगेका हुन् ।फाइनल प्रतियोगिताका लागि सबै प्रतियोगीले व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन विभिन्न प्रशिक्षण समेत लिएका छन् ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ९ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको छ ।

प्रतियोगिताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गर्ने आयोजक संस्थाका नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमालाले बताए । धमलाले प्रतियोगिताको फाइनल एक भव्य कार्यक्रम सहित आयोजना हुने र जसमा थुप्रै चर्चित ब्यक्तिहरुको समेत सहभागिता रहने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट