काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको सांसद पदको निलम्बन फुकुवा गर्न माग गरेको छ । सो पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले शुक्रबारको संसद बैठकको शुन्य समयमा बोल्दै उनको निलम्बन फुकुवा गर्न माग गरेका हुन् ।लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको उल्लेख गर्दै उनले सार्वभौम संसदले समेत सरकारको सोही रवैयालाई समर्थन जनाएको आरोप लगाए ।
एउटा व्यक्ति र चौथो ठुलो दलको सभापतिमाथिको यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले चुकाउनुपर्ने उनले बताए । ‘झुटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन्’, उनले भने, ‘सरकारको यस्तो सवैयाको संसदले समर्थन नगरोस् ।’उनले थुनामा नरहँदा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्न पनि सभामुख देवराज घिमिरेसँग माग गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij