Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रविलाई जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ ?

रविलाई जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ ?

काठमाडौँ : रास्वपा सांसद विनीता कठायतले सहकारी पीडितको बचत रकम फिर्ता कहाँ पुग्यो भनेर सरकारसँग प्रश्न गरेकी छन् । शुक्रवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कठायतले सरकार गठन भएको पनि ६ महिना भैसकेको भन्दै राज्यले प्रतिशोध साँधेर माननीय रवि लामिछानेलाई ८४ दिनसम्म हिरासतमा पनि राखे पनि सहकारी पीडितले रकम नपाएको भन्दै रविलाई जिल्ला घुमाउँदैमा पीडितको रकम फिर्ता हुन्छ भनेर प्रश्न गरेकी हुन् ।

‘सहकारी समस्या समाधान भयो त ?’, सरकारलाई प्रश्न गर्दै उनले भनिन्, ‘म सरकारलाई प्रश्न सोध्न चाहन्छु । बचतकर्ताको ३ सय अरब रकम हिनामिना भएको भनिएको छ । पीडित बचतकर्ताको रकम फिर्ता गर्ने कुरा कहाँ पुग्यो ?’ कठायतले सरकारले पीडितलाई न्याय दिने भन्दा पनि सभापति रवि लामिछानेलाई प्रतिशोध साध्ने हिसाबले बयानका नाममा जिल्ला जिल्ला घुमाइएको आरोप लगाइन् । ‘के यसैगरी जिल्ला जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ ? हुन्छ भनिदियोस् सरकारले । हाम्रो सभापति दुई तिन जिल्ला मात्र होइन ७७ वटै जिल्ला घुम्न तयार हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट