काठमाडौँ : सांसद विन्दावासिनी कंसकारले हेटौँडा सिमेन्ट कारखाना सञ्चालन गर्न माग गरेकी छन् । शुक्रवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वार्षिक २ लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने ६ महिनादेखि बन्द भएको भन्दै बन्द उद्योगहरू कहिले खोल्ने भनेर प्रश्न गरिन् ।
‘उद्योगको उत्पादन ठप्प छ । मजदुरहरू हाजिर गर्छन्, तर सिमेन्ट उत्पादन शुन्य छ’, उनले भनिन्, ‘एकातिर सरकार उद्योग खोल्ने र रोजगारी सिर्जना गर्ने कुरा गर्छ । अर्कोतिर आफ्नै उद्योग बन्द गरेर पाँच सयभन्दा बढी श्रमिकलाई अन्योलमा राख्ने काम गरिरहेको छ । यही हो सरकारले लिएको नीति ? ’ उनले उद्योग सञ्चालनका लागि सरकारले तत्काल पहल थाल्न माग गर्दै उद्योग पूर्ण सञ्चालन कहिले हुन्छ जवाफ दिन माग गरिन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij