Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रास्वपा सांसद सुमनाको प्रश्न – यो सरकारले युवाको आवाज सुन्छ ?

रास्वपा सांसद सुमनाको प्रश्न – यो सरकारले युवाको आवाज सुन्छ ?

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद सुमना श्रेष्ठले संसद्‌मा दर्ता भएको सामाजिक सञ्जाल विधेयकमाथि प्रश्न उठाएकी छन् ।प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद श्रेष्ठले सामाजिक सञ्जाल विधेयकबारे युवाहरूले आवाज उठाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन्।

बैठकमा बोल्दै सांसद श्रेष्ठले भनिन्,‘हिजोबाट सामाजिक सञ्जालमा प्रोटेस्ट सुरु भएको छ । सरकारले दर्ता गरेको सामाजिक सञ्जाल विधेयकबारे आवाज सुरु भएको छ । यो आवाजलाई सरकारले सुन्छ ? यो आवाज उठाउँदै गर्दा सरकारको ध्यानाकर्षण गराउँछु ।’उनले युवाहरूलाई बोलाएर विधेयकबारे थप छलफल गर्न सुझाव पनि दिईन् । सबै सांसदहरूले युवाहरूको आवजलाई उठाउनपर्ने सांसद श्रेष्ठको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट