काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।उनीहरुबीच आज यातायात मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्तामा द्विपक्षीय हितबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ ।भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारत रेल मागबारे कुरा गरेको मन्त्रालयले जनाएको छ।
रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम तथा प्रशिक्षण उपलब्ध गराउन भारत तयार रहेको राजदूत श्रीवास्तवले बताए ।त्यस क्रममा मन्त्री दाहालले नेपालको रेलवे तथा विकासका अन्य क्षेत्रमा भारतले पुर्याएको योगदानको प्रशंसा गरेको मन्त्रालयले जनाएको छ । उनले आगामी दिनमा दुई देशबीच सम्बन्ध थप प्रगाढ बन्ने समेत बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij