Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रधानमन्त्री कार्यालयले भन्यो – सरकारी काम समयमै नसक्ने कर्मचारीविरुद्ध गुनासो टिपाउनू

प्रधानमन्त्री कार्यालयले भन्यो – सरकारी काम समयमै नसक्ने कर्मचारीविरुद्ध गुनासो टिपाउनू

काठमाडौं : सरकारले सरकारी सेवा प्रवाहलाई छिटो र छरितो बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै सरकारी काम कारबाही समयमै सक्न निर्देशन दिएको हो । समयमै काम नसक्ने कर्मचारीविरुद्ध गुनासो टिपाउन पनि प्रधानमन्त्री कार्यालयले आग्रह गरेको छ।

त्यस्ता कमर्चारिको प्रधानमन्त्री कार्यालय र सतर्कता केन्द्रले नियमित अनुगमन गर्ने विज्ञप्तिमा उल्लेख छ।संघ, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक कार्यालयहरूबाट सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिने विभिन्‍न सेवाहरू तोकिएको समयावधिभित्र अनिवार्य रूपमा प्रदान गर्न आग्रह गरिएको छ ।

समयमै कार्यसम्पादन गर्ने तथा कम्प्युटरीकृत सूचना प्रविधिलाई नागरिक एपसँग अन्तरआबद्धता गरी शीघ्र सार्वजनिक सेवाप्रवाह गर्ने व्यवस्थाका लागि सरकारका सबै मन्त्रालयलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट