Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रमुख दलका सचेतकहरूसँग छलफलमा सभामुख

प्रमुख दलका सचेतकहरूसँग छलफलमा सभामुख

काठमाडौं: सभामुख देवराज घिमिरेले संसदमा विचाराधिन विधेयक र पेश भएका अध्यादेशका सम्बन्धमा प्रमुख दलका सचेतकहरू छलफल गर्नुभएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा अहिले जारी बैठकमा संसदमा लामो समयदेखि विचाराधिन रहेका विधेयक र सरकारले ल्याएका अध्यादेशहरूबारे छलफल भइरहेको बताइएको छ ।

प्रतिनिधि सभाको बैठक भोलि बस्दै छ । बैठक बस्नुअघि सभामुख घिमिरेले सचेतकहरुसँग छलफल गर्नु भएको हो ।

बैठकमा कांग्रेसमा संसदीय दलको प्रमुख सचेतक श्याम घिमिरे र एमालेमा महेश बर्तौला माओवादीमा हितराज पाण्डे, रास्वपामा सन्तोष परियार लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट