काठमाडौँ : नेकपा एकीकृत समाजवादीले पोलिटब्युरो सदस्य सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
नेताहरूको कार्यविभाजनपछि पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन(अपानि)मा पराजुलीलाई श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी दिएको हो । विद्यार्थी राजनीतिबाट आएका पराजुली पार्टीको केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै ३३ विभागमध्येको श्रम विभाग पाएका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij