पोखरा : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टीभित्र कुनै गुटभन्दा पनि सिङ्गो पार्टीको हुन चाहेको बताएका छन्।पोखरामा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन् ।
महामन्त्री थापाले भने, ‘म नेपाली कांग्रेसमा कुनै गुट होइन, सिङ्गो कांग्रेसको हुन चाहन्छु, त्यसका निम्ति मेरो प्रयास छ, प्रयास रहन्छ।’महामन्त्री थापाले पार्टीको १५ औं महाधिवेशनको उम्मेदवारीबारे अहिले नै चर्चा गर्ने बेला भइनसकेको बताए।
२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनबाट आफू महामन्त्री निर्वाचित भएको र जिम्मेवारीअनुसार कामहरू गर्दै १५ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउनेसमेत जिम्मेवारीमा रहेको उनको भनाइ छ।
महामन्त्री थापा कांग्रेसको १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला प्यानल र १४ औं महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उम्मेदवार भएका थिए।महामन्त्री थापाले सरकारमा पार्टीबाट गएका मन्त्रीहरूले अबको छ महिनाभित्र प्रभावकारी काम गरेर देखाउनुपर्ने बताए। तत्काल कुनै मन्त्री फेर्नेबारे छलफल नभएको महामन्त्री थापाको भनाइ छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij