Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सरकारले कामको गति पक्रन सकेन : गगन थापा

सरकारले कामको गति पक्रन सकेन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामले गति लिन नसकेको बताएका छन् ।पर्वत प्रदेश निर्वाचन क्षेत्र ख को प्रथम सम्मेलनमा बोल्दै महामन्त्री थापाले सरकारले कामको गति बढाउनुपर्ने बताएका हुन्।महामन्त्री थापाले कतिपय विषयमा गतिसँगै मति पनि ठीक नभएको बताए ।

महामन्त्री थापाले भने,‘मति र गति ठीक बनायौं भने परिणाम पनि ठीक आउँछ । यो गराउने जिम्मा कस्को हो त? जिम्मेवारी हाम्रो होइन, हामी देशको जेष्ठ पार्टी हो । जेष्ठ पार्टी हुनुको अर्थ समाल्ने हाम्रो धर्म हो ।’

नेपाल बन्दैछ र हामी बनाउँछौ भन्ने कांग्रेसको नारा हुनुपर्ने उनले बताए । निराशा फैलाउने नभई आशा फैलाउने काम कांग्रेसको हुनुपर्ने थापाले बताए ।महामन्त्री थापाले प्रदेशलाई बलियो बनाउन संघका मन्त्रालयहरु घटाउनु पर्ने तर्क गरे । संघको शहरी विकास मन्त्रालयले समेत पाँच लाखका योजना बनाउने काममा लाग्न नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट