Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

नेपाल टेलिकमले २०१ कर्मचारीलाई दियो सुनचाँदीले बनेको पदक

नेपाल टेलिकमले २०१ कर्मचारीलाई दियो सुनचाँदीले बनेको पदक

काठमाडौं : नेपाल टेलिकमले आफ्ना कर्मचारीलाई सुन र चाँदी मिश्रित पदक प्रदन गरेको छ । टेलिकमको २१ औं वार्षिकोत्सवको अवसरमा २०१ जना कमएचारीलाई ५ ग्राम सुन र २ तोला चाँदीमिश्रित पदक प्रदान गरिएको हो । २० वर्ष भन्दा बढी काम गरेर दीर्घसेवा पदक प्राप्त गरेका सो संख्याका कर्मचारीलाई उक्त पदक र एक महिनाको तलबसहित सम्मान गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल तथा प्रबन्ध निर्देशक संगीता पहाडीको उपस्थिीिस्थति रहेको कार्यक्रममा उनीहरुलाई उक्त पदक हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट