काठमाडौं : नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट ‘जनतासँग माओवादी’ अभियान चलाउने भएको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने भएको हो ।
प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरिएको छ भने पार्टीले जितेका १ सय २३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौँमा गर्ने निर्णय भएको छ । उनका अनुसार फागुन ९ गते सो भेला हुने भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij