Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

अब उपत्यका अपराध अनुसन्धानमा ३ र काठमाडौं परिसरमा २ एसपी

अब उपत्यका अपराध अनुसन्धानमा ३ र काठमाडौं परिसरमा २ एसपी

काठमाडौं : अबदेखि काठमाडौं उपत्यका अपरा!अनुसन्धान कार्यालयमा तीन र जिल्ला प्रहरी परिसर काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक (एसपी) रहने भएका छन् ।सोमबार प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट एसपीमा बढुवा भएका ३७ जनालाई पदस्थापना गरेको सुचीमा कुलदिप चन्दलाई परिसर काठमाडौं र मनोहर प्रसाद भट्टलाई अपराध अनुसन्धान कार्यालयमा खटाइएको हो ।

यसअघि नै अपराध अनुसन्धान कार्यालयमा दुई जना र परिसरमा एकजना एसपी कार्यरत छन् । प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले पनि कामको चापलाई मध्यनजरमा राखेर कार्यालय र परिसरमा एसपी खटाइएको बताए ।जिल्ला परिसरमा एसपी अपिलराज बोहोरा कार्यरत छन् भने अपराध अनुसन्धान कार्यालयमा काजीकुमार आचार्य र अंगुर जिसी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट