नवलपुर : शनिबारदेखि सुरु भएको गैँडा स्थानान्तरणको दोस्रो दिन १६ वर्षको पोथी गैँडालाई चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर पठाइएको छ ।निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पश्चिम सेक्टरमा पर्ने नवलपुरको अमलटारी क्षेत्रबाट आइतबार अर्को पोथी गैँडालाई पूर्वी सेक्टर पठाइएको हो । यसअघि शनिबार पनि १५ वर्षको पोथी गैँडालाई निकुञ्जको पूर्वी सेक्टर पठाईएको थियो ।पश्चिम सेक्टरका चारवटा गैँडालाई निकुञ्जको पूर्वी सेक्टरमा लैजानका लागि शनिबारदेखि निकुञ्जमा आन्तरिक स्थानान्तरण सुरु गरिएको हो ।
निकुञ्जको नवलपुर (पश्चिम सेक्टर) क्षेत्रबाट लगिएका गैँडालाई पूर्वी क्षेत्रको खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोडिने छ । गैँडाको घनत्व र बाढीको जोखिमका हिसाबले निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिकरूपमा स्थानान्तरणलाई अगाडि बढाइएको निकुञ्जले बताउदै आएको छ ।
जोखिमका हिसाबले चितवन निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिकरूपमा पनि गैँडा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएको निकुञ्जले पश्चिमतर्फका गैँडालाई पूर्वमा स्थानान्तरण गर्ने र ‘रेडियो कलर’ लगाएर अनुगमनलाई प्रभावकारी बनाउदा गैँडालाई बाढीको क्षतिबाट बचाउन सकिने बताउँदै आएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij