भक्तपुर : मौलिक पहिचान, सँस्कृति र परम्पराको धनी शहरको रुपमा परिचित भक्तपुर शहरलाई स्वच्छ, सफा, हरभारा र सुन्दर बनाउने उदेश्यले थालिएको स्वंयमसेवी अभियान राष्ट्रका लागि दुई घण्टा अभियानले एक सय हप्ता पार गरको छ ।यस अवसरमा अभियान्ताहरुलाई सम्मान गर्दै वातावरणीय विशेषउत्सव मनाएको छ । भक्तपुरमा एक भव्य कार्यक्रमको आयोजना गरी अभियानका अभियान्ताहरुलाई सम्मान गरिएको हो ।
अभियानको क्रममा सहयोग गरेको भन्दै मध्यपुरथिमीका पूर्व नगर उपप्रमुख अन्जना मधुकर्मी, सूर्यविनायक नगरपालिकाका पूर्व नगर उपप्रमुख जुना बस्नेत अभियानका अध्यक्ष मधु ढुंगेललाई अभिनन्दन गरेको छ ।
सय हप्ता भब्यताका साथ सम्पन्न भएको भन्दै अब नयाँ ढंगबाट अभियान सुरु गर्ने जनाइएको छ । देशकै नमुना अभियान हनुमन्ते नदी सफाइ अभियानको परिणाममुखि नतिजासँगै नयाँ आयामका साथ शुरु गरिएको राष्ट्रका लागि दुई घण्टा अभियानले भक्तपुरका विभिन्न ठाउँमा सरसफाई, वृक्षारोपणलगायतका कार्य गर्दै आएको छ ।
हाम्रो सम्पदा संस्कृतिको पहिचान, अरनिको राजमार्ग सफाई अभियान भन्ने नाराका साथ हप्ताको २ घण्टा स्वयंसेवामा जुटौ भन्दै सञ्चालनमा आएको राष्ट्रको लागि २ घण्टे अभियान सफल्ता हात पार्दै आएको अभियानन्ता नरेश रन्जीतले बताउनुभयो ।
कार्यक्रममा विभिन्न राजनैतिक दल, पत्रकार, योग जिल्ला समन्वय समिति, नवदुर्गा महिला समुह, डिभाईन युथ क्लब, चाणक्य कलेज, मध्यपुर सञ्चार समाज, स्वनिग साकोस, सामुदायिक एवं सुर्यविनायक नगर प्रहरी, जीवन विज्ञान, अग्रगामी नेपाल, पातञ्जल योग समिति नेपाल, खुशी समुह स्वच्छ हावा सञ्जाल, सवै वचत साकोस, साहसी महिला समुह, नेपाल रेडक्रस सोसाईटी, आस्था महिला विद्यालय, मानवीय आस्था नेपाल, दक्षिणकाली सहकारी, क्याप नेपाल, शुभश्री साकोस, सिद्धार्थ वचत, मानवअधिकार एलायन्स, सोया नेपाल, एकलमहिला समुह, वाईसिएल, दिव्यश्वरी सहयोगी हातहरु, सचेतमार्ग टोल सुधार समिति, प्राज्ञ आर्दश समाज, विभिन्न राजनैतिक दल, नेप्सेम्याक, नेपाल फुलबारी, स्वच्छ वातावरण श्रृजना केन्द्र, टोल सुधार समितिलगायत विभिन्न संघसस्थाको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij