रसुवा : शिलन्यास गरेको करिब छ बर्षपछि स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नति निमार्णको काम सुरु हुने भएको छ ।चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको स्याफ्रुबेसी-रसुवागढी निमार्णको काम फागुन महिनाको पहिलो साताबाट सुरु गरिने गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी’ सडक योजनाले जनाएको छ ।
योजना कार्यालयका प्रमुख खड्गलाल श्रेष्ठका अनुसार सोनाम ल्होसार मनाउन गएका चीनीयाँ निर्माण कम्पनीका कर्मचारीहरु आएलगत्तै निर्माणको काम सुरु हुने छ ।निर्माण कम्पनी चाईना तिबेत टिएनन्यु कम्पनि लिमटेडले २०७६ साल आश्विन ११ गते निर्माणको काम सुरु गर्न सडकको शलिन्यास गरेको थियो ।
पछिल्लो समय कोभिडका कारण रोकिएको उक्त काम सडकछेउमा रहेका संरचना तथा बिद्युतका तार, घर टहराहरु तथा जग्गाको मुआब्जा समेत बितरण गरिसकेकाले काम सुरु हने श्रेष्ठले बताउनुभयो ।
गल्छी, त्रिशुली स्याफ्रुबेसी-रसुवागढी सडक योजनाका अनुसारसम्झौता भएको मितिले ३९ महिनाभित्र काम सम्पन्न गर्ने गरि तीन करोड ७९ लाख अमेरिकी डलरमा निर्माण हुनेछ ।१७ किलोमिटर लामो सडकको साढे आठ मिटर चौडाईमा कालोपत्रे गरिनेछ भने दायाँबायाँ छेउमा एक मिटर चौडाईको नाली रहने योजना रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij