गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीले अशक्तको घरमै पुगेर नागरिकता प्रदान गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–७ नेटा निवासी ‘क’ वर्गका अपाङगता भएका नवीन मरासिनीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको हो ।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम सहितको संयुक्त रुपमा मरासिनीलाई नागरिकता प्रदान गर्नुभएको थियो ।२०६४ साल फागुन १७ गते जन्मिएका मरासिनी जन्मेको केहि वर्षपछि पहिले शरिर चल्न छोडेर बिस्तारामै हुनुहुन्छ । उहाँ अपांगता भएकै कारणले नागरिता प्राप्त गर्न सकेका थिएन् ।
मरासिनी सानै उमेरमा एक्कासी बिरामी परेपछि थलिदै गएर पूर्ण रुपमा अशक्त बनेको परिवारले जनाएको छ । उहाँ अहिले बिस्तारामै दिसा पिसाव गर्ने अवस्थामा रहनु भएको छ ।उहाँलाई आमा गोमा मरासिनीले स्याहार–सुसार गर्दै आउनु भएको छ । गोमा तीन २ छोरा एक छोरी छन् । त्यसमध्ये कान्छो छोरा जन्मजात नै यस्तै भएको गोमा मरासिनीले बताउनुभयो । घरमै यसरी आएर सेवा प्रदान गरेकोमा खुसी लागेको उहाँको भनाइ छ ।
घरमै सेवा लिन पाउँदा खुसी लागेपछि छोरा यस्तो अवस्थामा हुँदा दुखः लागेको भन्दै भक्कानीदै सहयोग गर्नेलाई धन्यवाद दिनुभयो । घरमै पुगेर सेवाप्रदान गर्दै प्रमुख जिल्ला अधिकारी गौतमले अपाङगता भएर प्रशासन कार्यालयसम्म आउन नसक्ने नागरिकलाई घरमै पुगेर सेवा दिने कार्यालयको अभियान स्वरुप मरासिनीलाई नागरिकता प्रदान गरेको बताउनुभयो ।
यस अगाडि पनि जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय सरकारको समन्वयमा अशक्तहरुका लागि घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको छ । नेपालमै जन्मिएका नागरिक नागरिकता विहीन बन्न नहुने र त्यस्ता ब्यक्तिहरुको घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको गौतमले बताउनुभयो ।
सेवाग्राही सबै प्रमाण पुगेको तर कार्यालयमा पुग्न नसक्ने नागरिकको घरमा पुगेर बितरण गर्दै आएको उहाँको भनाइ छ । आवश्यक जिल्ला भरका सबै पालिकामा अशक्त, अपांगता र वृद्धलाई घरमा पुगेर नागरिकता प्रदान गरिदै आएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij