Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

संविधान पूर्ण रुपमा कार्यान्वयनमा नआएको अध्यक्ष राईको गुनासो

संविधान पूर्ण रुपमा कार्यान्वयनमा नआएको अध्यक्ष राईको गुनासो

काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले सङ्घीयतालाई सबल बनाउनका लागि थुप्रै कानुनहरू बनाउन आवश्यक रहेको बताएका छन् । पाँच अधिवेशनमा आउँदासम्म पनि कानुनहरू निर्माण हुन नसकेको उनले गुनासो गरे ।

संसद्को हिउँदे अधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै उनले संसद्मा आउने विधेयकहरूलाई चाँडै पारित गर्नुपर्ने बताए । ऐन कानुन नहुँदा संविधानलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन नसकेको बताउँदै अध्यक्ष राईले संविधानको समीक्षा गर्ने बेला आएको तर कार्यान्वयनको अवस्था नै राम्रो नरहेको बताए ।

यो संसद्ले सरकारलाई मार्गदर्शन गर्नका लागि सकारात्मक भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताउँदै उनले जनताको हितमा नै यो संसद्को अधिवेशनले कामहरू गरोस् भनी आफूले चाहेको बताए । अहिले जनतामा आशा र भरोसा जगाउनुपर्ने आवश्यकता रहेको बताउँदै उनले विभिन्न गतिविधिले जनतामा अविश्वास बढेको धारणा राखे ।

ताप्लेजुङमा मुकुलुङ आस्थामाथि चोट पुग्यो भने आधारमा स्थानीयमाथि सरकारको तर्फबाट गोली चल्दा केही आन्दोलनकारी घाइते भएको र केहीलाई गिरफ्तार गरिएको बताउँदै उनले उनीहरूको रिहाइका लागि माग पनि गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट