काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन्।प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा उपसभापतिसमेत रहेका वाग्लेले उक्त आरोप लगाएका हुन् ।
सांसद वाग्लेले सरकारले बदला लिन आफ्ना सभापति रवि लामिछानेमाथि अनेक खालका मुद्दा चलाएको भन्दै आक्रोश व्यक्त गरे। उनले यो सरकार विधिको शासन विपरीत गइरहेको आरोप समेत लगाए।
सांसद वाग्लेले भने, ‘सरकारले बदला लिन पार्टी सभापति रवि लामिछानेलाई हिरासतमा राखेको हो। पाँचपाँचवटा जिल्लामा प्रमाण जुटाएर केन्द्रमै सीआईबीले अनुसन्धान गर्न सक्थ्यो । तर बदला लिन नै सभापति लामिछानेलाई पाँच जिल्ला घुमाइयो । लामो समय दु:ख दिनका लागि संगठित अपराधको मुद्दा लगाइयो। ‘
उनले अब न्यायिक आयोग गठनको आफ्नो प्रमुख माग हुने बताए। उनले जाँचबुझ आयोग ऐन २०२६ अनुसार पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गरी राजकीय पद धारण गरेका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उनले बताए।चलनचल्तीमा आएका काण्डहरूबारे एक-एक गरेर छानबिन समिति गठनको माग पार्टीले गर्ने उनले बताए।
सांसद वाग्लेले भने,’नेपालको जाँचबुझ आयोग ऐन २०२६ छ। हाम्रो अब चीरस्थायी माग हुनेछ। नेपालको पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा एउटा न्यायिक आयोग गठन हुनुपर्नेछ। सबै राजकीय पद ग्रहण गरेका नेताहरूको सम्पत्ति छानबिन गर्ने गरेर हामी अगाडि जानुपर्नेछ । अहिले चलनचल्तीमा आएका सबै काण्डहरूको पनि एकएक संसदीय छानबिन समिति माग्ने वाला छौं। भुटानीदेखि कम्बोडियासम्म, वाइडबडीदेखि एनसेलसम्म ,बालुवाटारदेखि गिरिबन्धुसम्म यी सबैको छिनोफानो अब हामीले गर्नुपर्नेछ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij