Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रहरी प्रमुखमाथि छानबिन गर्न लिङ्देनको माग

प्रहरी प्रमुखमाथि छानबिन गर्न लिङ्देनको माग

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल प्रहरीका आइजीपीमाथि पनि छानबिन हुनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै लिङ्देनले सम्पत्ति शुद्धीकरणमा सरकारले रवि लामिछानेमाथि चलाउनु स्वाभाविक भएपनि अरु माथि पनि छानबिन हुनुपर्ने बताएका हुन् ।

‘लामिछानेको सम्पत्ति छानबिन हुनुहुँदैन भन्ने होइन, अरु नेताको गर्नुपर्ने कि नपर्ने ? प्रधानमन्त्रीको ? वरीपरीकाको गर्नुपर्ने कि नपर्ने गरौँ । मेरो र परिवारको गरौँ’, लिङ्देनको आग्रह छ । तर उनले आफूलाई चित्त बुझेन, मन परेन भनेमात्र त्यस्ता डण्डा चलाउन नहुने भन्दै अहिलेका प्रहरी प्रमुखमाथि पनि छानबिन हुनुपर्ने बताए । ‘सत्ताको कुन प्रकारको दुरुपयोग हो ? भन्ने कुराको नमुना पनि हो । उनलाई छानबिन भन्दा पनि सोध्न पर्‍यो’, लिङ्देनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट