काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको एउटा मात्रै प्रमाण भए ल्याउनका लागि चुनौति दिएका छन्।प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त चुनौति दिएका हुन्।प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार नगर्ने र कसैलाई गर्न नदिने दृढ रहेको बताउँदै प्रमाण भए देखाउन चुनौति दिए ।
प्रधानमन्त्री ओलीले भने,’दुनियाको अगाडि भन्छु। भ्रष्टाचार गर्दिनँ गर्न दिन्नँ। कसैसँग दम छ भने भ्रष्टाचार गरेको कुनैपनि मात्रामा कुनैपनि ठाउँमा, कुनैपनि सन्दर्भमा भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस् ।’
प्रधानमन्त्री ओलीले सरकारले कुनैपनि आलोचनायोग्य काम नगरेको पाइएपछि स्वीट्जरल्याण्डको बैंकमा पैसा रहेकोदेखि टेलिकममा लगानी गरेको भनेर भ्रम फैलाइएको बताए। त्यसरी कराउनेमा हिजो पशुपतिमा सुन भनेर पित्तल चढायो भनेर छानबिन गराउने मानिसहरू पनि रहेको उनले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij