काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले संविधान संशोधन गर्ने बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलेसो कुरा बताएका हुन् ।उनले संविधान संशोधन विधेयक ल्याउने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले संविधान संशोधन अपरिहार्य बनेकाले सरकारले विधेयक ल्याउने बताए।
प्रधानमन्त्री ओलीले भने,‘विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने छ । र, पहिचान गरिएका विषयहरूमाथि संसद्मा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरू र सरोकारवालाहरूसँग छलफल गरिने छ ।’प्रधानमन्त्रीले संविधान संशोधनको कुरा गर्दा सुरुमा विरोध गर्ने दलहरूभित्रै अहिले संविधान संशोधनका विषयमा छलफल भइरहेको सुनेर खुसी लागेको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij