Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

अर्थमन्त्री पौडेलले भने – संसदलाई छल्न अध्यादेश ल्याइएको होइन

अर्थमन्त्री पौडेलले भने – संसदलाई छल्न अध्यादेश ल्याइएको होइन

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद छल्न अध्यादेश नल्याएको बताएका छन्।

अर्थ समितिमा आयोजित छलफलमा उठेको प्रश्नको जफाव दिँदै अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन्।

अध्यादेश गैरकानूनी र गैरसंवैधानिक अभ्यास नभएको अर्थमन्त्री पौडेलको भनाई छ ।

संविधानले गरेको प्रबन्ध अनुरुप नै सरकार अध्यादेशको बाटोमा हिँडेको उनले बताए ।

अध्यादेश संविधानसम्मत रहेको भन्दै उनले सरकारले संसद छल्न सम्भव नै नरहेको बताए।

त्यसलाई पास वा फेल गर्ने अधिकार संसदमा रहेको भन्दै उनले संसदको अधिकार हनन् नभएको दाबी गरे।

सरकारले सदन सुरु भएको पहिलो दिनमै टेबल गर्ने दाबी समेत उनले गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट