काठमाडौँ : मधेस केन्द्रित आठ दलीय मोर्चाका नेताहरूले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोधका क्रममा प्रहरीसँग भएको झडपमा घाइते भएकाहरूसँग भेटेका छन् । शुक्रबार बिहान १०ः ३० बजे मोर्चाका नेताहरूले टिचिङ अस्पतालमा उपचाररत मुक्कुमलुङ घटनामा घाइते भएका आन्दोलनकारीहरूलाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
महाराजगन्जस्ठित अस्पतालमा यम बहादुर लिम्बु (तेह्रथुम), धर्मन पालुङ्वा (ताप्लेजुङ) र सगुन लावती (पाँचथर) उपचाररत छन् । मोर्चाले आदिवासी जनजाति जनताले आफ्नो पिता पुर्खाको आत्मा भ्रमण गर्ने पवित्र स्थलको रूपमा रहेको ठाउँमा केबलकार निर्माणले आस्था माथि ठुलो प्रहार हुने भएकोले भावनासँग खेलबाड नगर्न भनी गरेको आन्दोलन माथि ऐक्यबद्धता जाहेर गरेको छ भने राज्य दमनको घोर भर्त्सना समेत गरेको छ।
आठ दलीय मोर्चाको तर्फबाट हृदयेश त्रिपाठी, राजकिशोर यादव, सर्बेन्द्र नाथ शुक्ला, राम नरेश राय, केशव झा, रेणु यादव, रामकुमार शर्मा, मनिष सुमन, वृखेष चन्द्रलाल, गंगाराम थारु, शरद सिंह यादव, लक्ष्मणलाल कर्ण, इन्दु सुवेदी, विजयसिंह, सन्तोष मेहता, बुद्ध छिरिङ मोक्तान, मुकेश झा, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह अस्पताल पुगेका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij