काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही घण्टा पहिले लामिछानेले सभामुख घिमिरेसँग भेटवार्ता गर्न लागेका हुन् ।
‘अहिले केही बेरमा सभापतिज्यूले सभामुखसँग भेटवार्ता गर्दै हुनुहुन्छ’, रास्वपा कार्यवाहक प्रवक्ता प्रतिभा रावलले भनिन्, ‘भेटमा समसामयिक विषयमा कुराकानी हुनेछ ।’ त्यस्तै लामिछानेले पार्टीका सांसदहरूलाई सिंहदरबारस्थित दलको कार्यालयमा बोलाएर भेट गर्न लागेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij