छिस्ती चितवन नवलपुर सम्र्पक समाजले आफ्नो चौथो स्थापना दिवस तथा तेस्रो बार्षिक उत्सवको अवसरमा नारायणगढ लायन्सचोकमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त बृहत खुल्ला रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।
रक्तदान व्वस्थापन समितिका संयोजक तथा कार्य समिती अध्यक्ष गणेश प्रसाद पौडेलको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्वर १ का अध्यक्ष केशव महर्जनको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै छिस्ती चितवन नवलपुर सम्र्पक समाजका अध्यक्ष भविश्वर शर्मा, छिस्ती चितवन नवलपुर सम्र्पक समाजका सस्थापक अध्यक्ष ज्ञानहरि पौड्याल र रेडक्रस सोसाईटी नारायणगढ शाखाका नि। सभापती राज कुमार गुप्ताको विश्ष्ठि आतिथ्यता एवं गणेश टोलका अध्यक्ष भुपेन्द्र वस्नेत, ठकुरी समाज अध्यक्ष रामराज ठकुरी, श्री डा। जगत वहादुर पाठक लगायतको उपस्थिति रहेको थियो।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij