Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

राजनीतिक अस्थिरताले अर्थतन्त्रमा प्रतिकूल असर पारेको छ : प्रधानमन्त्री ओली

राजनीतिक अस्थिरताले अर्थतन्त्रमा प्रतिकूल असर पारेको छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताले अर्थतन्त्रमा प्रतिकूल असर पारेको बताएका छन् ।

नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

उनले पछिल्लो छोटो समयमा देखिएको राजनीतिक अस्थिरताले मुलुकको अर्थतन्त्र, व्यापार र उद्योगलगायतका क्षेत्रमा पारेको बताए। प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा परेको प्रतिकूल असरबाट लयमा फर्काउन लागिएको पनि बताए।

नेपालको आयस्तर न्यून अवस्थामा रहेकाले त्यसमा परिवर्तन ल्याउनका लागि काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। त्यसका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने उनले आग्रह गरेका थिए।

नेपालको सूचना प्रविधि क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्वपूर्ण र अभिन्न अंग बनिसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

नेपालले तीव्रताका साथ विकासका कामहरू अघि बढाइरहेको उल्लेख गर्दै आईटी क्षेत्रमा पनि उल्लेख्य रूपमा अघि बढिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट