काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक सुरु भएको हो । शुक्रबारबाट हिउँदे अधिवेशन सुरु हुँदैछ ।
त्यसै सन्दर्भमा प्रमुख प्रतिपक्षबाट आफ्ना आवाजहरू एक भएर उठाउन दबाब दिनेसहितका एजेण्डाहरू र अध्यादेशको बारेमा विरोध गर्नेबारे छलफल हुने र सांसदहरूलाई प्रशिक्षित गर्ने लगायतका एजेण्डाहरू रहेका छन् ।
यसअघि नै आज नै विपक्षी दलहरूको बैठक समेत बसेको थियो । उक्त बैठकले अध्यादेश अस्वीकार गर्ने र आवश्यक परे सडक संघर्ष गर्ने चेतावनी समेत दिएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij