Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ओली नेतृत्वको सरकार असफल भइसक्यो : अग्नि सापकोटा

ओली नेतृत्वको सरकार असफल भइसक्यो : अग्नि सापकोटा

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले यो सरकार पूर्ण रूपमा असफल भएको दाबी गरेका छन्।

प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको चौथो अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष सापकोटाले सो दाबी गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रूपमा असफल भएको उनको दाबी छ।

उपाध्यक्ष सापकोटाले दुई तिहाइ शक्ति भए पनि सदनदेखि डराइरहेको टिप्पणी गरे।

उपाध्यक्ष सापकोटाले भने, ‘सरकारले अहिले अध्यादेश ल्याएको छ। त्यसमा भूमिसम्बन्धी अध्यादेश बदनियत ढंगले आफ्ना कार्यकर्तालाई जग्गा बाँड्नका लागि त्यो विधेयक ल्याइएको छ। सरकार अहिले आतंकित छ। अब भोलिदेखि विपक्षीहरूले घेराबन्दीमा पर्दैछ।’

विपक्षीहरूले तर्कसहित अध्यादेशको विरोध जनाउने भएपछि पार्टीको बैठक राखेर प्रतिवाद गर्न निर्देशन दिएको उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट