Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

ओखलढुंगामा टाटा सुमो दुर्घटना, आमा-छोरासहित तीनको मृत्यु

ओखलढुंगामा टाटा सुमो दुर्घटना, आमा-छोरासहित तीनको मृत्यु

काठमाडौं : ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित सिद्धिचरण राजमार्गमा टाटा सुमो दुर्घटना भएको छ । बिरामी बोकेर खोटाङको दिक्तेदबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आमाछोरासहित तीन जनाको मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिष लुइँटेलले जानकारी दिए ।

मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त ४५ वर्षीय तारा गुरुङ रहेका छन् । छोरा सुजन बिरामी भएपछि मायादेवीले आफन्त तारालाई साथ लिएर खोटाङबाट काठमाडौं जाँदै गरेको अवस्थामा सुमो दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण संकलनको कार्य भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट