Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

विविध चाडपर्वले नेपाली समाजलाई अझ समृद्ध बनाएको छ : सभामुख

विविध चाडपर्वले नेपाली समाजलाई अझ समृद्ध बनाएको छ : सभामुख

काठमाडौँ : सभामुख देवराज घिमिरेले हरेक नेपाली जातजातिका चाडपर्वहरूले नेपाली समाजलाई अझ समृद्ध बनाएको बताएका छन् । सोनाम ल्होसार, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले ल्होसारजस्ता पर्वहरूले नेपाली समुदायबिचको आपसी एकता र समन्वयलाई बलियो बनाउने अवसर प्रदान गरेको उल्लेख गरे ।

तामाङ समुदायको महत्वपूर्ण पर्व सोनामल्होसार नयाँ वर्षको सुरुआतसँगै हर्षोल्लासपूर्वक मनाइन्छ । ‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने सभामुख घिमिरेको भनाइ छ ।

“सोनामल्होसार तामाङ समुदायको मौलिक पर्व हो । डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत वेशभूषा तथा विशेष परिकारहरूका साथ यो पर्व सांस्कृतिक जीवन्तताको अद्वितीय उदाहरण बनेको छ”, उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट