Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

अखिल क्रान्तिकारीमा रातो मसी विवाद अझै सुल्झिएन

अखिल क्रान्तिकारीमा रातो मसी विवाद अझै सुल्झिएन

काठमाडौँ : अखिल क्रान्तिकारीका तीन जना अध्यक्षका उम्मेदवारले मतदान भएको क्याम्पस वाल्मीकि क्याम्पसमा नै मतगणना गर्नुपर्न माग राखेका छन् । मङ्गलवार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष उम्मेदवार हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले सो माग राखेका हुन् ।

उनीहरूले रेजाका लागि निर्वाचन समितिले व्यवस्था गरेको ‘रातो मसी कलम’ द्वारा रेजा लगाइएको मत मात्र गणना गरिनुपर्ने माग समेत गरेका छन् । उनीहरूले व्यवस्था गरिएको रातो कलम बाहेक कुनै पनि मसीले रेजा लगाइएका मत बदर गर्न समेत अनुरोध गरेका छन् । राई, यादव र पौडेलको यो अडानले अध्यक्षका अर्का उम्मेदवार विजय सापकोटा पक्षको निर्णयलाई असहमति जनाएका हुन् ।

अखिल क्रान्तिकारीको शनिवार ८ वटा मतदान केन्द्रमा मतदान भएको थियो । तीमध्ये ७ वटा मतदान केन्द्रमा मतगणना भैसकेको छ भने वाल्मीकि क्याम्पस मतदान केन्द्रको मतगणना स्थल र सदर मतको मापदण्डबारे विवाद भएपछि मतगणना स्थगित भएको छ ।

akhil-k

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट