काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेह्रथुमको आठराईमा जनयुद्ध तथा शान्ति स्मारकको शिलान्यास गर्नु भएको छ ।मङ्गलवार उपमहासचिव वर्षमान पुनलाई लिएर तेह्रथुम पुगेका प्रचण्डले आठराई गाउँपालिका-३ मा जनयुद्ध शान्ति सङ्ग्रहालयको शिलान्यास तथा सोही स्थानमा निर्मित ह्वाकू बगाले शहीद पार्कको उद्घाटन गर्नु भएको हो ।माओवादी तेह्रथुमका नेता रघु गौतमका अनुसार स्मारक निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
विसं २०५८ माघ १४ गतेका दिन उक्त स्थानमा तत्कालीन सुरक्षा फौजले १८ जना माओवादी सेनाका लडाकु र ३ जना स्थानीयको गोली हानी हत्या गरेका थिए ।पाँचथरको गोपेटार प्रहरी चौकी आक्रमणमा घाइते भएका लडाकुहरूको उपचार भइरहेको स्थानलाई घेरा हाली सुरक्षाकर्मीले आक्रमण गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij