Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सहकारी पीडितलाई राज्यको ढुकुटीबाट पैसा दिन नसकिने कांग्रेसको निष्कर्ष

सहकारी पीडितलाई राज्यको ढुकुटीबाट पैसा दिन नसकिने कांग्रेसको निष्कर्ष

काठमाडौं : नेपाली कांग्रेसले सहकारी पीडितलाई राज्यको ढुकुटीबाट पैसा दिन नसकिने निष्कर्ष निकालेको छ ।आज बसेको कांग्रेस संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो ।संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सहकारी पीडितहरुको पैसा राज्यले परिपूरण गर्न नसक्ने बताए।

प्रमुख सचेतक घिमिरेले भने, ‘सरकारसँग त्यति सम्पत्ति पनि छैन । अहिले राज्य सक्षम छैन । जसले अपचलन गरेको छ, त्यसैबाट भराएर फिर्ता गराउनुपर्छ । त्यहीअनुसार अध्यादेश आएको छ । अध्यादेशले सहकारीमा फसेका पैसा फिर्ता ल्याउने मार्ग दिन्छ ।’त्यस्तै, उनले सरकार ढल्ने हल्लामा कुनै सत्यता नभएको बताए । प्रमुख सचेतक घिमिरेले सरकार एमालेसँग भएको सहमतिअनुसार २०८४ सम्म चल्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट