काठमाडौं : हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
माघ १८ गते दिउँसो १ बजे प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली र दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको हो।
सोमबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए।
उक्त छलफलपछि नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले माघ १८ गते प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले संसद बैठकलाई सम्बोधन गर्ने बताए।
अध्यादेश पनि माघ १८ गते नै प्रस्तुत हुनेछ र माघ २२ गते निणयार्थ प्रस्तुत हुने बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij