Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सिंहदरबारमा सभामुख घिमिरे र प्रमुख सचेतकहरुबीच छलफल जारी

सिंहदरबारमा सभामुख घिमिरे र प्रमुख सचेतकहरुबीच छलफल जारी

काठमाडौं : सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकबीच छलफल थालेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल सुरु भएको हो ।

संसद्को हिउँदे अधिवेशनअघि सभामुख घिमिरेले संसद सञ्चालन र यसको तयारीबारे विभिन्न दलका प्रतिनिधित्वहरूसँग छलफल जारी राखेका छन्।

आइतबार पनि सभामुख घिमिरेले सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। संसद् अधिवेशन माघ १८ गते आह्वान भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट