Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

विधेयकबारे छलफल होटेलमा राखिएकोप्रति माओवादीको आपत्ति

विधेयकबारे छलफल होटेलमा राखिएकोप्रति माओवादीको आपत्ति

काठमाडौं : संसदमा विचाराधीन विधेयकबारे होटेलमा छलफल राखिएकोप्रति प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । सभामुख देवराज घिमिरेसँगको भेटमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा विचाराधीन विधेयकबारे होटलमा छलफल राख्न नदिनेप्रति सजग हुन आवश्यक रहेको बताएका हुन् ।

‘सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु–कि समितिका बैठक आफ्नै कार्यकक्षमा गर्नुपर्छ । तर, बाहिर भइराछ’, पाण्डेले भनेका छन्, ‘भर्खरै पूर्वाधार समितिको बैठक बाहिर भयो । यो थाहा पाएपछि हामीले दलका माननीयलाई नजानुस् भन्यौं ।’ यही माघ १० गते पूर्वाधार समितिकै बैठकमा सांसदहरूले जलस्रोत विधेयकमाथिको छलफल होटलमा राखिएको भन्दै आलोचना गरेका थिए ।

जलस्रोत विधेयक प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिमा दफावार छलफलमा छ । दफावार छलफलमा रहेको विधेयकबारे समितिले गत सोमबार बूढानीलकण्ठस्थित ‘होलिडे इन रिर्सोट’मा छलफल राखेको थियो । गत सोमबार बिहान साढे ८ बजेदेखि मंगलबार दिउँसो २ बजेसम्म चलेको उक्त छलफललाई लिएर बुधबार पूर्वाधार विकास समितिकै बैठकमा प्रश्न उठेको थियो ।

माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले यो विषय उठाउँदै संसदमा विचाराधीन विधेयकबारे होटेलमा छलफल राख्न नहुने बताएका हुन् । पाण्डेले सभामुख घिमिरेलाई भनेका छन्, ‘यस्तो कसले रोक्नुपर्छ भन्दा सभापतिहरुले रोक्नुपर्छ । उनीहरुलाई जानकारी दिने काम सचिवालयका कर्मचारीले दिनुपर्छ । यसमा सदनको नेतृत्वको पनि निगरानी आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट